१४ फाल्गुन २०८०, सोमबार

बुटवलमा सार्वजनिक कार्यक्रममै मेयरद्वारा पत्रकारमाथि दुर्व्यवहार



बुटवल ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेका छन् । उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख पाण्डेले पत्रकार डिबी सुस्लिङलाई अपमानजनक शब्द प्रयोग गरेका हुन् । पत्रकार सम्मेलनमा उनले ग्लोबल आवाजका समाचार प्रमुख सुस्लिङलाई ‘तपाईंले जहिले पनि नेगेटिभ समाचार लेख्ने ? आफूले लेखेका समाचारबारे तपाईंलाई लाज लाग्नु पर्ने हो’ जस्ता शब्द प्रयोग गरेका थिए ।

उपमहानगर प्रमुख पाण्डेले गरेको उक्त व्यवहारप्रति प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीले विज्ञप्तिमार्फत आफ्ना कार्यसमिति सदस्य सुस्लिङप्रति भएको अपमानले स्वतन्त्र प्रेसप्रतिको सम्मानमा आँच पुगेको उल्लेख गरेको छ ।

अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय उल्लेख छ । ‘यसप्रति प्रेस चौतारी नेपाल रुपन्देही बुटवल उपमहानगर प्रमुखको उक्त कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दा’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई दुर्व्यवहार र अपमान गर्नु प्रेस स्वतन्त्रताविरोधी काम भएको भन्दै विज्ञप्तिमा प्रेस चौतारी प्रेसस्वतन्त्रता विरोधी यस्ता घटनाको कडा शब्दमा भर्त्सना गरिएको छ ।

अपमानजनक शब्द प्रयोग गरेकोमा नगरप्रमुखलाई तत्काल माफी माग्न र त्यस्ता शब्द फिर्ता लिन माग गर्दै चौतारीले पत्रकारलाई सुरक्षित र सहज पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ५१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२