१५ फाल्गुन २०८०, मंगलबार

उपमेयर डंगोलद्वारा कालीमाटी क्षेत्रमा अनुगमन, गुणस्तरहीन खाद्यवस्तु जफत



काठमाडौं । 

कालीमाटी क्षेत्रका खाद्य पसलहरूमा म्याद सकिएका, ओसिएका र कीरा धुन लागेका चामल चिउरालगायतका खाद्यवस्तु बरामद गरिएको छ । आज काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोलले नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरा/प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा/प्याकेट बरामद गरिएको हो । सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको छ ।

सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरूमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र १ किलोका ५० प्याकेटको एउटा बोरामा प्याक गरिएका ६ बोरा लङ्ग्रेन चामल छन् । त्यस्तै १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो ।
अनुगमनमा क्रममा ७ वटा पसलहरू हेरिएका थिए । यसमा खाद्य पसल, मिठाइ पसल हेरिएको थियो । यस क्रममा संगम स्वीटको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकोले त्यसलाई नष्ट गरिएको थियो ।

व्यापारीहरु उपभोक्ता अधिकारमा जिम्मेवार हुने र उपभोक्ताले बजारमा जुन अवस्थामा छ त्यही अवस्थाको सामान किन्ने होइन भन्ने हेक्का राख्नु पर्छ अनि मात्र बजार व्यवस्थापनमा सहज हुन्छ । अनुगमनका क्रममा समितिकी संयोजक एवं उपप्रमुख डंगोलले भनिन्, ‘कतै थाहा नभएर त कतै लापरबाही गरेर व्यापार गरेको देखियो । व्यापारी र उपभोक्ता दुवैलाई स्वच्छ बजार सम्बन्धी आधारभूत कानुनी ज्ञानको आवश्यकता देखियो ।’

स्वच्छ बजार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र गर्नु पर्ने दायित्व र निकायगत समन्वयलाई प्राथमिकता दिएर काम गर्नेछ । उपप्रमुख डंगोलको भनाइ छ ।

बजारको अवस्थाका विषय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ डिभिजनका प्रमुख एवं अनुसन्धान अधिकृत डा। सन्तोष ढकाल भन्छन्, ‘किराना पसलहरूमा व्यवस्थापन र सरसफाइमा धेरै समस्या छ । अनुगमनका क्रममा खाद्यवस्तुमा कमिला, कीरा र धुन लाग्ने समस्या धेरै पाएका छौँ । खाद्य अनुज्ञा पत्र नलिएका सामान बेच्नु नहुने कुराको ज्ञान नभएको र ज्ञान भएकाले पनि कार्यान्वयन नगरेको देखिएको छ ।’

वाणिज्य तथा आपूर्ति विभागका अधिकृत रामचन्द्र ढकाल भन्छन् , ‘बजारमा हेर्नु पर्ने धेरै कुरा छन् । अहिले हामीले तयारी बस्तु हेरेका हौँ । यसको पूरा व्यवस्थापनका लागि उत्पादन क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । यसमा काठमाडौँ महानगरपालिकालार्य गर्नु पर्ने विभागको सहयोग प्राप्त रहन्छ ।’

अनुगमनबाट व्यापारीलाई दिएको निर्देशन पालना भएको देखिँदैन । यसबाट सुधारका चिन्ह केही देखिएनन् । अनुगमनपछि उपभोक्ता उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पर्वलक्षित अनुगमनलाई अन्य समयमा निरन्तरता दिन सके थिति बस्ने सम्भावना देखाए ।

स्थानीय वस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौँ महानगरपालिकाले ‘काठमाडौ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । ऐनबमोजिम महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ ।

अनुगमनमा महानगरको अनुगमन तथा मुल्याङ्कन एकाई, स्वास्थ्य विभाग, पशु स्वास्थ्य महाशाखा, नगर प्रहरी बलका अधिकारीहरूको सहभागिता थियो ।  आफू ठगिएको शंका लागे महानगरलाई निःशुल्क टोल फ्री न. मा सम्पर्क गर्न महानगरका टोल फ्री नम्बरहरु १६६००१ ०५५११ र ११८० हुन् । यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ०० बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.