१४ आश्विन २०८०, आइतबार

सवारी चालक अनुमतिपत्रका लागि ७० अंक ल्याए ‘ट्रायल पास’



सिरहा ।

यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो ।

गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए । ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि चालक अनुमतिपत्र लिनेहरूको संख्या ह्वातै बढेको उनको भनाइ छ ।

यो नयाँ प्रणाली लागू भइसकेपछि अनुमतिपत्र लिनेहरूका लागि यसले एउटा अवसरकै रूप दिएको र अब निर्धक्कताका साथ दुईपांग्रे र चारपांग्रे गाडीको अनुमतिपत्र आवेदन दिन कार्यालय प्रमुख साहले आग्रह गरेका छन् ।

पहिला मोटरसाइकलको पास हुने अनुपात २५ प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पुगिसकेको कार्यालयका कमप्युटर अपरेटर विजय दहालले बताए । त्यस्तै पुरानो व्यवस्थामा गाडीको १५ प्रतिशत रहेकोमा अहिले ३५ देखि ४० प्रतिशत पुगेको उनको भनाइ छ । उनले साइड लाइट बाल्न बिर्सिएको, हलुका लाइन छोएकोलाई कार्यविधिअनुसार पास गरिएको बताए ।

यातायात व्यवस्था विभागले १ जेठ ०७८ देखि लागू हुने गरी दुईपांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो । विभागले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् १०० पूर्णांकमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य त्रुटि भए पास हुने कार्यविधि बनाएको छ ।

एकपटक फर्म भरेपछि तीनपटकसम्म ट्रायल दिन सकिन्छ । पुरानो व्यवस्थाको तुलनामा पास हुनेको संख्या दोब्बरले बढेको सिरहाका परीक्षार्थी संजय सिंहले बताए । शनिबारदेखि लहानमा ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने सुरु भएको छ । पहिलो दिनमै सैयौँ व्यक्तिहरू पास भएका थिए ।

अंक घट्ने अवस्था
– एकपटक अंकित रेखा छोएको ५ अंक
– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक
– टर्निङ इन्डिकेटर लाइट नबालेको १० अंक
– ट्राफिक संकेत पालना नगरेको १५ अंक
– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक
– एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ अंक
– सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरू सामान्य निरीक्षण नगरेको ३ अंक
– हेलमेट लक नलगाई सवारी चलाएको ४ अंक
– अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएको ३ अंक

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : ११ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम