१४ फाल्गुन २०८०, सोमबार

प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लबलाई



तनहुँ, १६ भदौ ।

प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँले जितेको छ । सदरमुकाम दमौलीमा बुधबार सम्पन्न फाइनल खेलमा न्यू बुद्ध युवा क्लब भानुलाई ३–० गोलअन्तरले पराजित गर्दै नवयुवाले उपाधि हात पारेको हो ।

शान्तिदीप युवा क्लब शिशाघाटलाई २–१ गोलअन्तरले हराउँदै न्यु बुद्ध फाइनलमा पुगेको थियो भने गन्नी एफसी पोखरा कास्कीलाई २–० गोल अन्तरले पराजित गर्दै नवयुवाले फाइनलमा स्थान बनाएको थियो ।

विजेता नवयुवा क्लबले उपाधिसँगै रु दुई लाख दुई हजार दुई सय २२ तथा उपविजेता न्यु बुद्ध भानुले रु एक लाख एघार हजार एक सय ११ का साथै ट्रफी र मेडल प्राप्त गरेको छ ।

विजेता टोलीलाई कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पुरस्कार प्रदान गर्नुभयो । तीजको अवसरमा यही भदौ आठदेखि १४ गतेसम्म भएको प्रतियोगिताको फाइनल खेलका म्यान अफ दी म्याच नवयुवाका फोफोना घोािष्त भए ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी न्यु बुद्ध भानुका सन्दीप राना, सर्वाधिक गोलकर्ता नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षक नवयुवाकै शिव पिया भए । उनीहरूलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको खेल संयोजक राजेश मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा ४२ टोली सहभागी थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ४ : ०१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२