१६ मंसिर २०८०, शनिबार

आमिर खानले ‘लाल सिंह चड्ढा’को पारिश्रमिक नलिने



एजेन्सी, मुम्बई ।  

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्स अफिसमा पूर्ण रूपमा फ्लप साबित भएको छ ।

फिल्मले विदेशमा औसत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्स अफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्त्वपूर्ण निर्णय गरेका छन् ।

फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

‘यदी आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैयाँ नोक्सान हुन्छ । यस्तो अवस्थामा आमिरले आफैँ नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नुपर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैँले लिएका छन् । उनले फ्लपको दोष अरू कसैलाई नजाओस् भन्ने चाहेका छन् । ‘फिल्मका लागि उनले चार वर्ष समय दिए, तर उनले एक पैसा पनि कमाएनन् । फिल्मका लागि उनको पारिश्रमिक सय करोडमाथि थियो । तर असफलताको जिम्मेवारी लिँदै उनले सबै नोक्सानको आफैँ भरपाई गर्ने निर्णय लिएका छन्’, स्रोतले भनेको छ ।

रक्षा बन्धनमा रिलिज फिल्ममा आमिरका अलावा करीना कपूर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ५ : ३२ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान