५ आश्विन २०८०, शुक्रबार

पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’लाई



काठमाडौं ।

यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको निर्णय अनुसार विसं २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

विसं २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन भइसकेको छ । यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्य नयनराज पाण्डे र कुमारी लामा रहेका थिए ।

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्नुहुने अद्भुत नेत्र चिकित्सक डा। सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ । 

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी तीन लाख रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ५ : २१ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै