५ आश्विन २०८०, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?



काठमाडौं ।

कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए ।

नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बताइएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट  NEB टाइप गरी १६०१ मा पठाउनुहोस्  । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : ५६ बजे

१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ

राजधानी लाइभ, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

राजधानी लाइभ, काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा

सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा के छ ?

राजधानी लाइभ, काठमाडौं। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा