२२ मंसिर २०८०, शुक्रबार

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु, पीडित परिवारलाई ११ करोड क्षतिपूर्ति  



काठमाडौं ।

वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उनीहरूको त्यहाँ मृत्यु भएको हो । 

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ । सोही वर्ष वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरूले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति बापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ । 

दूतावासका अनुसार क्षतिपूर्ति बापत प्राप्त रकम सम्बन्धित पीडितको परिवारलाई उपलब्ध गरिएको छ । 
युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : २२ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले