झापा ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं। ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
पार्टीको क्षेत्रीय कार्यसमितिको आज भएको बैठकमा नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताए ।
बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगु सिफारिस भएको उनले जानकारी दिए ।
प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश ९क० बाट भूमिप्रसाद राजवंशी र प्रदेश ९ख० बाट नवीन विमली, भगीरथ पोद्दार र भरत प्रसाइँको नाम सिफारिस भएको छ । प्रदेश ९क० मा राजवंशीको एकल नाम सिफारिस भएको हो ।
प्रतिक्रिया