१५ फाल्गुन २०८०, मंगलबार

भूकम्प बीमाबारे संसदमा बहस हुँदा सांसदहरूको भागाभाग



एजेन्सी, भदुज ।

कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । कहिलेकाहीँ जुन विषयको बारेमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौँ त्यही घटना भइदिन्छ । प्रसङ्ग युरोपेली देश लिकटेन्स्टाइनको हो ।  संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यही बेला भूकम्प गयो । 

देशको संसद् ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहेका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए । प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहँदा भूकम्प गएको थियो ।

 भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहेकी देखिन्छिन् । तर लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पले संसद् भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिँदै भवनको सिलिङ र दायाँ बायाँ हेरेको देखिन्छिन् । दोस्रो भूकम्पपछि तत्कालै संसद् बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए । 

युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलव ४ र दोस्रो ३ दशमलव ९ म्याग्निच्युडको थियो । दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो । 

भूकम्पले बैठक अवरुद्ध गरेको यो पहिलो पटक भने होइन । सन् २०२० मा अक्टोबरमा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले एक अन्तर्वार्ता दिने क्रममा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ३५ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.