१९ मंसिर २०८०, मंगलबार

मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया



मुगु ।

मुगुमा पहिलो पटक जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७० वर्षीया मोती रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल शल्यक्रिया गरेको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । 

उक्त शल्यक्रियामा चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सुनिता वली र  सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले  रोकायाको पाठेघरको शल्यक्रिया गरेको उनले बताए । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ  चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको र पछिल्लो समय मुगुका बिरामीलाई बाहिरी जिल्ला रिफर गरिएको छैन । 

विगतमा  सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगन्जसम्म जाँदा बिरामीहरूको उपचारमै लाखौँ रकम खर्च हुने गरेको  थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले शल्यक्रिया सेवा लँदै आएका छन् । 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ४३ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ