१७ मंसिर २०८०, आइतबार

बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस



बझाङ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।

पार्टी प्रवक्ता रमानन्द जोशीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ पुरुष खसआर्य तथा पिछडिएको क्षेत्रबाट केशवराज जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतीलाल उपाध्याय, सिद्धराज जोशी र सत्यराज भण्डारीको नाम सिफारिस गरिएको छ ।

यस्तै महिला खसआर्य तथा पिछडिएको क्षेत्रबाट देवीकुमारी सेटी, दलित खसआर्य पिछडिएको क्षेत्रबाट विवसचन्द्र स्नेही र जनजाति महिलातर्फ शारदादेवी तामाङको नाम सिफारिस गरिएको जोशीले जानकारी दिए ।

प्रदेशसभा ‘क’ मा ३१, ‘ख’ मा २४ जनाको सिफारिस

नेपाली कांग्रेस बझाङले प्रदेश सभा ‘क’ का लागि ३१ तथा प्रदेशसभा ‘ख’का लागि २४ जनाको नाम सिफारिस गरेको छ । ‘क’ मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, ध्रुवराज उपाध्याय, नन्दकृष्ण जोशी, नारायण हमाल, पृथ्वीबहादुर सिंह, लोकेन्द्रबहादुर रोकाया, विष्णुबहादुर सिंह र हर्कजंगबहादुर सिंहको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिकतर्फ पुरूष खसआर्य तथा पिछडिएको क्षेत्रबाट खडकबहादुर बोहरा, दानबहादुर सुर्मेली, ध्रुवराज उपाध्याय, भक्तराज जोशी, राजेन्द्रबहादुर खड्का, वर्कबहादुर रोकाया र विष्णु ऐडी, खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कल्पना बोहरा, गोकुलदेवी सिंह, जयन्तीकुमारी जोशी, देवी सेटी, धिराकुमारी खत्री, प्रभालक्ष्मी बजाल, शान्ति बोहरा पुजारा, समितादेवी बोहरा पुजारा र सुनिता विष्ट थापा, अपाङ्गतर्फ मुकेश धामी, दलिततर्फ कलक विक, गोविन्द दमाईं नेपाली, मङ्गल सुनार, सिद्ध सार्की र सुनिल दमाई तथा दलित महिलातर्फ साधना बिसीको नाम सिफारिस गरिएको छ ।

यसैगरी प्रदेशसभा ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ ईश्वरबहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी, रविप्रकाश सिंह र बाबु सिंह तथा समानुपातिक पुरूष खसआर्य पिछडिएको क्षेत्रबाट ईश्वरबहादुर मल्ल, कवि गिरी, केशवराज जोशी, गुणकरप्रसाद जोशी, दीर्घराज जोशी, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी र सूर्य प्रकाश जोशीको नाम सिफारिस गरिएको प्रवक्ता जोशीले बताए।

यस्तै खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कुमारी अवस्थी, महेश्वरी जोशी, मीना रावल र शान्ताकुमारी महत, दलिततर्फ निर्मला विक र मञ्जित ताम्राकार तथा जनजाति महिलातर्फ शोभा थिङकोनाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : १२ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र