२२ मंसिर २०८०, शुक्रबार

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौंमा



काठमाडौं ।

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । 

११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । 

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिने पनि कार्यक्रम छ ।

नेपाल र भारत दुवै मुलुकले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिँदै आएका छन् । नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : १६ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले