काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा ११६ एन्टीजेन परीक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुने दर ९८।५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । सोही समयमा तीन हजार ४५० जनाले कोरोना परीक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।
प्रतिक्रिया