१४ फाल्गुन २०८०, सोमबार

‘दराज दशैं धमाका’मा नबिल बैंक र दराजबीच सम्झौता



काठमाडौं ।

नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैंका अवसरमा भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको बताए ।

महोत्सवले दराज साथै नबिल कार्ड वाहकमाझ छुट्टै उत्साह थपिनेमा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिल बैंकका देशभर २३३ शाखा र २६९ एटिएम काउण्टर छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ४५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२