२२ मंसिर २०८०, शुक्रबार

लोकसेवाद्वारा २१ परीक्षार्थीमाथि कारबाही



सुर्खेत। 

कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ ।  उत्तर पुस्तिकामा  नाम, रोल नम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै  २१ जना परीक्षार्थीलाई  कारबाही  गरिएको हो ।  

आयोगले गत २१ जेठमा लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम, रोल नम्बर लेखेको आयोगले जनाएको छ । 

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन  इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायक स्तर पाँचौँ तह र सबईन्जिनियर पदको लागि २१ जेठ ०७९ मा परीक्षा सञ्चालन गरेको थियो । २० जनाले भित्री पृष्टमा नाम र रोल नम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।  २० जनालाई एक वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको  छ ।

एक जनालाई दुई वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरी कारबाही गरिएको छ ।  प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम  कारबाही गर्ने निर्णय गरेको हो ।  

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ५० बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले