५ आश्विन २०८०, शुक्रबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं ।

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँर छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७९ वैशाख २ गते उनलाई बैंकिङ् कसूरा तीन थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८७५ रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : २९ बजे

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै

चाडपर्वमा यातायात व्यवस्थान चुस्त बनाउन कार्यदल गठन

राजधानी लाइभ, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश