१५ फाल्गुन २०८०, मंगलबार

वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?



काठमाडौं ।

रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ । वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ ।

उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८र७९ मा भएको थियो । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ रहेको थियो ।

बोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२र७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : १९ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.