१६ मंसिर २०८०, शनिबार

सान्जेन जलविद्युतको आईपीओमा १३ करोड बढीकाे आवेदन



काठमाडौं ।

सान्जेन जलविद्युत कम्पनीको आईपीओमा १३ करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा मंगलबार (भदौ २८ गते) बिहानसम्म ७ हजार ४४३ जना आवेदकले १३ लाख १८ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, अझै २३ लाख  ३१ हजार १५० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ ।

सान्जेनले ५ भदौदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

यस्तै, सह–निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : ४४ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान