१४ फाल्गुन २०८०, सोमबार

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा



काठमाडौं। बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक भएको छ ।

वी रिडले ल्याएको यस उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।

उपन्यासमा बुद्ध झल्याकझुलुक देखा पर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले फरक शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्क्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँ पुगे रु के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दैछन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध रु कुनै दिन कपिलवस्तु राज्य सकिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त रु यस्ता अनेकौं प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्त्वपूर्ण बन्न सक्छ ।उपन्यासकार प्रधान लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय छन् । प्रधान नेपाली साहित्य समालोचना, नेपाली इतिहास–संस्कृति र नृवंश क्षेत्रमा चार दशकदेखि काम गरिरहेका प्रबुद्ध व्यक्तित्व हुन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक हुन् । उनी विभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाका सम्पादकका रूपमा सक्रिय छन् । उनी मदन पुरस्कार गुठीका सदस्य हुन् ।

१४८ पृष्ठको पुस्तकको मूल्य २७५ रुपैयाँ राखिएको छ । देशका प्रमुख सहरमा पुस्तक उपलब्ध हुने प्रकाशन संस्था वी रिडले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १० : ०८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२