१९ मंसिर २०८०, मंगलबार

चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत



भैरहवा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले भैरहवाका चार सामाजिक उद्यमी महिला सहकारीलाई नगदसहित पुरस्कृत गरेको छ । हेफरले गठन गरेको सहकारीहरू मध्येबाट मूल्याङ्कन र प्रगतिको आधारमा चार सहकारीलाई नगदसहित पुरस्कृत गरिएको हो ।

दुई सय ५५ वटा सहकारी मध्येबाट दाङ लमहीस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई तीन लाख नगद र सम्मानपत्रसहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार, सिन्धुलीको दुधौलीमा रहेको प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्कीको माछापुच्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु बाणगंगामा अवस्थित बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई एक लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रीय स्वर्णिम प्रतिभा पुरस्कार दिएको हेफरका नेपालका प्रमुख शुभनारायण महतोले बताए ।

सामाजिक उद्यमकी महिला सञ्जाल सेवा नेपाल र हेफर इन्टरनेशनल नेपालले संयुक्त आयोजना भएको महिला उद्यमी उत्सवमा पुरस्कृत सहकारीहरूलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पूर्वमन्त्री गोकर्ण विष्ट, चक्रपाणि खनाल, लुम्बिनी प्रदेश सांसद देवेन्द्रराज कँडेल, हेफर अन्तर्राष्ट्रियका प्रमुख वित्तीय अधिकृत मार्सिया रस्मुसेन , वरिष्ठ उपाध्यक्ष  महेन्द्रनाथ लोहनी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल दुई सय ५५ सहकारीमा आबद्ध भएका तीन लाख १४ हजार साना कृषकको प्रतिनिधित्व गर्ने संस्था हो ।

हेफर ईन्टरनेशनल नेपालमा सञ्चालन भएको अवधिमा समूह सहकारीमा आबद्ध महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण, क्षमता विकास गाई, बाख्रा, दूध, स्थानीय जातको कुखुरा, तरकारी, बंगुर लगायतका कृषि तथा पशुपालन क्षेत्रमा सहयोग र सहजीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : १० बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ