१९ मंसिर २०८०, मंगलबार

नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा



काठमाडौं । हिरो मोटोकर्पले नेपालमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ। प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको बताइएको छ।

परिष्कृत इन्धन दक्षता प्रदान गर्ने यस स्प्लेन्डरलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ।

यस स्प्लेन्डरमा चालकले सवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितो रूपमा प्राप्त गर्न सक्छन्। यसमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ।

इन्जिनमा एडभान्स प्रोग्राम्ड फ््युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन (राइड)को सेवा प्रदान गर्ने बताइएको छ। यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ।

चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड–स्ट्यान्ड इन्जिन कट–अफ’ रहेको छ।

यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस)को विकल्प पनि रहेको बताइएको छ। ग्लेज ब्ल्याक, नेक्सस ब्लु, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रङमा बजारमा उपलब्ध रहेको यो मोटरसाइकलको मूल्य २ लाख ६६ हजार रुपैयाँमा कायम गरिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : २७ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ