१७ मंसिर २०८०, आइतबार

सिप्रदी अटोपार्ट्सले ल्यायो दशैं अफर



काठमाडौं । सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता ९टाटा च्याम्पयन जोन० सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ।

दशैंको अवसरमा कम्पनीले टाटा जेन्युन पार्ट्स एवं टाटा जेन्युन आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो। उक्त अफरको उद्घाटन टाटा मोटर इण्डिया कमर्सियल भेइकलका इन्टरनेशनल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रूपमा गरेका हुन्।

टाटा कमर्सियल गाडीधनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन् भन्ने उद्देश्यले अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ। यसरी जेन्युन पार्ट्सको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने विश्वास कम्पनीले लिएको छ।

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निःशुल्क पाउनेछन्। यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक वोध प्रसाद तिमिल्सिनाले बताए।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : ३९ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र