१४ फाल्गुन २०८०, सोमबार

डोल्पा जोड्ने सडकमा मोटेरेबल पुल निर्माण



म्याग्दी। गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको सात वर्षपछि सकिएको हो ।

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग रु १२ करोड १३ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो । ७।३ मिटर चौडाइ भएको पुलमा ४०–४० मिटरको दूरीमा तीनवटा स्पाम छन् । सङ्घीयता कार्यान्वयनसँगै पूर्वाधार विकास कार्यालय म्याग्दी हुँदै मुस्ताङलाई पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भएको थियो ।

पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोखालले बहुप्रतिक्षित एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माण सकिएको जानकारी दिए । कार्यालयको टोलीले पुलको प्राविधिक नापजाँच गरेको छ । पुल निर्माणका लागि भएको सम्झौताको म्याद छपटक थपिएको थियो ।

प्राविधिक कमजोरीलाई कारण देखाएर निर्माण कम्पनी मुद्दा प्रक्रियामा पनि गएको थियो । कालोसूचीमा राखी कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि एलाइट शङ्करमाली जेभीले पछिल्लो समय युनिस निर्माण सेवालाई सहायक ठेकेदार नियुक्त गरेर काममा पठाएको थियो ।

युनिस निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले अलपत्र अवस्थामा रहेको पुल निर्माणकार्यलाई करिब १८ महिनाको अवधिमा पूर्णता दिएको बताए । मूल सडकबाट पुलसम्म पुग्ने दुईतर्फ एक सय ३० मिटर सडक पनि निर्माण भएको छ ।

एक्लेभट्टीमा पुल निर्माण भएपछि पाक्लिङ, साङ्तालगायत बस्तीका बासिन्दालाई आवतजावत, स्याउ, भेडा–च्याङग्रा, चौँरी निकासी गर्न सुविधा पुगेको छ । सवारीसाधनलाई कालीगण्डकी तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । एक्लेभट्टी हुदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको दुई जिल्लाको सिमाना याकखर्कसम्म मार्ग खुलेको छ ।

डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए। हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ३ : ३४ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२