१९ मंसिर २०८०, मंगलबार

नेपाली श्रमिकको काम र पारिश्रमिकबारे अनुगमन गर्न मन्त्री कुँवरको निर्देशन



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशी भूमिमा रहेका नेपाली श्रमिकको हकअधिकार संरक्षणमा ध्यान दिन दूतावासमा कार्यरत श्रम अधिकारीलाई निर्देशन दिएका छन् ।

विभिन्न नौ श्रम गन्तव्य मुलुकका लागि तोकिएका श्रम काउन्सिलर र सहचारीसँग आज भएको भर्चुअल छलफलमा उनले समस्या परेका श्रमिकको उद्धार तथा रोजगारदाता र श्रमिकबीचको विवाद समाधानमा ध्यान दिन निर्देशन दिएका हुन् ।

श्रम काउन्सिलर र सहचारीले गन्तव्य मुलुकमा रही नेपाल सरकारको प्रतिनिधित्व गर्नुपर्ने भन्दै मन्त्री कुँवरले वैदेशिक रोजगार ऐन, २०६४ ले तोकिएको भूमिका अनुसार काम गर्न आग्रह गरे । उनले नेपाली श्रमिकले गर्ने काम र पाउने पारिश्रमिक र सेवासुविधाका बारेमा अनुगमन गर्न पनि निर्देशन दिए ।

सो अवसरमा विभिन्न मुलुकमा कार्यरत श्रम काउन्सिलर र सहचारीले श्रमिकका समस्या, पारिश्रमिक भुक्तानीको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिको व्यवस्थापन तथा अलपत्र नागरिकलाई दूतावासले गरिरहेको सहयोगका बारेमा जानकारी गराएका थिए ।

श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’मा नेपाली विदेशिने गर्दा समस्यामा पर्ने गरेको जनाउँदै उनीहरुले भिजिट भिसालाई व्यवस्थित बनाउन पनि आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ३ : ४८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ