१९ मंसिर २०८०, मंगलबार

पल्सर बिएससिक्स मोडल चितवनमा



चितवन । बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एनके मोटर्स भरतपुरले शुक्रबार बेलुका ५ बजे एक कार्यक्रमका बीच पल्सर बिएससिक्स मोडलको मोटरसाइकल सार्वजनिक गर्दै छ ।

भरतपुरको चौविसकोठीमा गायक प्रमोद खरेल, गायिका टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीले संयुक्त रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको एनके मोटर्स भरतपुरका सञ्चालक पदमराज कँडेलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । आउँदै गरेको दसैँ, तिहार र छठलाई मध्यनजर गरेर मोटरसाइकल विक्रीमा ‘आधाको आधा नै काफी छ’ भन्ने स्किम ल्याइएको उनले बताए ।

यस स्किम अनुसार २५ प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल किन्न सकिन्छ । साथै नगद सात हजार रुपैयाँसम्म छुट पनि हुने बजाज कम्पनीका क्षेत्रीय अधिकृत विजय कुमार सिंहले बताए । पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकलको लन्चिङ मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ४ : ४१ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ