१४ फाल्गुन २०८०, सोमबार

बैंकको ब्याज महंगिएपछि पोखराका व्यवसायी मर्कामा



पोखरा ।

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह गरे । होटल संघ, पोखरा पर्यटन परिषद्, ओटेफ लगायतका संघ संस्थाले विज्ञप्ती नै निकालेर बैंकको ब्याजदर घटाइदिन आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर नघटाए व्यवसाय विस्थापित हुने चेतावनी दिएको छ ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले थलिएको पर्यटन व्यवसाय लयमा फर्किन अझै लामो समय लाग्ने भएकोले व्याजदर बढाएर पीडा नदिन आग्रह गरेका छन् । ‘हामी उठ्न सकेकै छैनौं । कमाएपछि तिरिहाल्छौं । राज्यलाई कर तिरिरहेका छौं,’ उनले भने, ‘यस्तो समयमा ब्याजदर बढाउने हो भने अधिकांश व्यवसायी सटर बन्द गरेर हिड्नुपर्छ ।’

व्यवसायलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको माग छ । व्यवसायीलाई सहुलियत रूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन संघका अध्यक्ष पवनकुमार प्रजापतिले आग्रह गरे ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ४० बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२