१७ मंसिर २०८०, आइतबार

सलमानका डुप्लिकेट डबल सागरको निधन



एजेन्सी, मुम्बई ।

बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । सागरको निधन जिम वर्कआउटको समयमा भएको थियो । सागर अन्दाजी ५० वर्षका थिए । उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘कुछ कुछ होता हे’बाट गरेका थिए । यसपछि उनले ५० बढी फिल्ममा काम गरिसकेका थिए ।

सागरको निधनको पुष्टि सलमानका अर्का बडी डबल शान्तनु घोषले गरेका छन् । शान्तनुका अनुसार सागरलाई तुरुन्तै मुम्बईको जोगेश्वरी इस्टस्थित हिन्दी हृदय सम्राट बालासाहेक ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

सागर सलमानजस्तै अविवाहित थिए । सागरका पाँच भाई थिए र सबैको खर्च उनले नै व्यहोर्थे । उनले ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘दबंग’, ‘दबंग द्द’ जस्ता फिल्ममा सलमानको बडी डबलको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ४८ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र