५ आश्विन २०८०, शुक्रबार

वर्षदिन फूलपातीलाई कसरी प्रयोग गर्ने ?



घटस्थापनाको सातौँ दिन कालरात्री भगवतीको पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेको छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीको क्रमशः पूजा आवाहान पश्चात् उक्त दिनको नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेको शुभ समय निर्धारण गरेको छ। षष्टी तिथिका दिन साझको समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकोठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका स् ।।

१ कदली-केराको पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बोट) ४ हरिद्रा-हलेदो ५ मानकं – ६ कचु ७ अशोक ८ बेल ९ जयन्ती यसरी नौ प्रकारका अ‍ौषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नको समय पारेर पुजाकोठा या जमरा घरमा विधिपूर्वक दियो,कलश गणेश स्थापना गरेर पञ्चोपचार या षोडषो पचारले विधिपूर्वक पूजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापनपछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाको विशेष महत्व रहेको छ । हाम्रो देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्धभूमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्वहरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएको पाईन्छ ।

हिमाल,पहाड र तराई गरि तीन भागमा नेपाली हरुको बसोवास रहेकाले पनि भूमि अनुसार उपलब्ध बस्तुहरु पुजाघरमा भित्र्याउने र पुजागर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फुलपाती सुकेपछि धुलोबनाएर शुद्ध गाईको ध्यूले मोलेर बर्षदिन धुपका रुपमा प्रयोग गर्ने पनि नियम रहिआएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ५० बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै