१४ आश्विन २०८०, आइतबार

यस पटक टिकट पाउनेमा ढुक्क छु : अर्जुनलाल प्रधान (भिडियो)



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका नेता अर्जुनलाल प्रधानले आफूले प्रदेश सभामा टिकट पाउनेमा ढुक्क रहेको बताएका छन् । आइतबार राजधानी लाइभ डटकमसँग कुरा गर्दै नेता प्रधानले यस पटक आफूले जनताको सेवा गर्न चाहेको बताएका हुन् ।

यसअघि तत्कालीन नेकपा एमालेमा हुँदादेखि पटकपटक आफ्नो नाम सर्वसम्मत उम्मेदवार सिफारिस हुँदा समेत बाइपास गरिएको भन्दै यस पटक एकीकृत समाजवादीले आफूलाई न्याय दिने विश्वास रहेको उनले बताए ।

नेता प्रधानलाई नेकपा एकीकृत समाजवादीको क्षेत्र नम्बर ६ को क्षेत्रीय कमिटीले क्षेत्र नम्बर ६ प्रदेश (क)मा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

यद्यपि सत्ता गठबन्धनको सिट बाँडफाँटको किचलोका कारण अन्यौलता छाएको छ ।  गठबन्धनको भागबण्डामा समेत प्रदेश (क)मा एकीकृत समाजवादीले नै पाउनुपर्ने उनको दाबी छ ।  नेता प्रधान पार्टीको विशेष प्रदेश कमिटी सदस्य हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : २७ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम