१६ मंसिर २०८०, शनिबार

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह



संयुक्त राष्ट्रसंघ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजना गरेकोपत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भने– अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उनले आग्रह गरेका हु्न् । इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सो सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरुलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफना देशका बजेट एवं नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो । आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसंघले विश्वका आफ्ना सदस्य देशहरुलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ३९ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान