५ आश्विन २०८०, शुक्रबार

रुकुमपश्चिमका बादी वस्तीमा छैन कुनै दशैँको रौनक



सुर्खेत ।

माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् । चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, “कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो ।

हाम्रा दिन यस्तै हुन्, दशैँले झन् ऋण थप्छ, दशा बन्छ हामीलाई ।” घरमा साँझ बिहानको छाक टार्न धौ–धौ परिरहेको बेला खर्चिलो र भड्किलो बन्दै गएका चाडपर्वले गरिब परिवारलाई थप पीडा हुने गरेको छ । पशुपति बादीले भने, “घरमा चामलको गेडो छैन । यसै त गरिबका दिन, चाडबाडले गर्दा ऋणमाथि ऋण ।”

२२ घरपरिवार रहेका यस बस्तीको जनसङ्ख्या ९६ रहेको छ । न कसैको जागिर, न उच्चशिक्षा । न गतिलो घरबास, न त जग्गा जमिन । माछा मार्ने, मादल र सुल्पा बनाउने पेसा अङ्गालेका बादीको पेसा लोप हुँदै गएपछि झन् परिवार पाल्न सङ्कट आइलागेको छ ।

६६ वर्र्षीय बिसे बादीका अनुसार पहिला पहिला चाडबाडमा मादल बनाउने, मेलापर्वमा सुल्पा बनाएर बेच्ने र प्रायः खोला र नदीमा माछा मारेर खर्च धान्ने गरिन्थ्यो तर अहिले मादल, सुल्पा बिक्री हुन छोडेकाले पेसा नै सङ्कटमा परेको उहाँको बुझाइ छ । खलोमुठी गरेर पेट पाल्ने गरेका बादी परिवारमा रोजगारीको समस्या बल्झँदै गएको छ । विष्ट ९साहु०ले दिएको अन्नमुठीले सधैँभरि नपुग्ने भएकाले बादी परिवारमा सरकारले रोजगारीको व्यवस्था गरिदिए ठूलो कल्याण हुने बिसे बादीले बताए ।

आफू, श्रीमती र छोराछोरीसहित १२ परिवारका १२ जना सदस्यको घरमूली रहेका भीमबहादुर बादीले चाडबाड आउँदा झन् समस्या हुने गरेको बताए ।उनले भने, “छोराछोरीले नयाँ नाना र चिची भन्दै दशैँ पर्खेका छन्, कहाँबाट ल्याएर मन बुझाउनु । चाडबाड आउँदा गरिबीको पीडा नराम्ररी सहनुपर्छ ।” पछिल्लो पटक बादी समुदायका पुरुष बजारमा मालवाहक गाडीका सामान लोड अनलोड गर्ने गर्दछन् । दिनभर सामान बोेकेर आएको मजदुरीले दाल, चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने गरेका छन् । दशैँको बेला बजारमा त्यो काम पनि कम भएपछि उनीहरूलाई दैनिक छाक टार्न मुस्किल हुने गरेको छ ।

बादी परिवारको मुख्य समस्या भनेकै खाना र लगाउने नै हो । चाडपर्वकै लागि भनेर परिवारमा नयाँ लुगा किनेको याद नभएको भीमबहादुरले बताए। बढ्दै गएको परिवार सङ्ख्या, बेरोजगारी र महँगीले थप मारमा पारेको उहाँले उल्लेख गरे। सरकारले जनता आवास कार्यक्रमअन्तर्गत जमिन भएका केही परिवारको घर बनाइदिएको छ । बासको अभावमा सदियौँदेखि फुसको छानोमुनि बस्दै आएका उनीहरूलाई घर हुँदा ठूलो राहत मिलेको छ तर कतिपयको नाममा जग्गा नहुँदा अवस्था उस्तै छ । जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरहरूमा शौचालय छैन । शौचालय बनाउने जमिन नहुँदा अझै पनि खुला ठाउँमा दिसा–पिसाब गर्न बाध्य छन्, बादी समुदाय ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले स्थानीय सरकार गरिब र विपन्नमैत्री नै रहेको दाबी गरे । प्रमुख बादीले भने, “उहाँहरूको स्वास्थ्य बीमा निःशुल्क गरेका छौँ । कक्षा १० सम्मको शिक्षा निःशुल्क, खानेपानी शुल्कमा पनि गरिब तथा विपन्न परिवारलाई छुटको व्यवस्था गरेका छौँ ।”

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको मिटर जडानदेखि पाँच युनिटसम्मको पानीको महसुल नगरपालिकाले तिरिदिने गरेको छ । जनता आवास कार्यक्रमबाट सबैको घर बनेता पनि बुहारी भिर्यायाएर अलग हुने छोराहरूको कारण सबैलाई घरबास नपुगेको उनले बताए । गरिब र विपन्नहरूलाई उत्पादन तथा रोजगारीमा जोड्नका लागि सामूहिक तथा व्यक्तिगत खेती तथा व्यवसायमा अनुदान दिने नीति ल्याएको उनले जनाए। केही गर्छु भन्नेहरूका लागि स्थानीय सरकार निरन्तर सहयोग गर्ने उनले उल्लेख जानकारी दिए।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ६ : ३७ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।