१४ फाल्गुन २०८०, सोमबार

राप्रपाको केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेका उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए ।

पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ ।

उक्त समितिका सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको अध्ययन गरेका राजनीतिज्ञ डा लोहनी पञ्चायती व्यवस्थादेखि बौद्धिक नेताका रूपमा परिचित छन् । उनले विभिन्न राजनीतिक कालखण्डमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नवगठित समितिका अध्यक्ष डा लोहनीले जनअपेक्षानुसार मुलुकको विकास तथा समृद्धिका लागि लघु उद्यमशीलता, जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि अर्थतन्त्र गतिशील बनाउने नीतिलाई नै पार्टीको अर्थनीतिका रूपमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ६ : ५१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२