१९ मंसिर २०८०, मंगलबार

बार्सिलोना इन्टर मिलानसँग पराजित



काठमाडौं, १९ असोज ।

च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हकान चाल्हनोलुको निर्णायक गोलमा इन्टरले जित निकाल्यो ।

खेलमा बार्सिलोनाले गरेको एक गोलले मान्यता पाएन । यस्तै, इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अपिल गरे पनि भिएआरले त्यसलाई अस्विकृत गरेको थियो ।

६६औं मिनेटमा पेड्रीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । तर, भिएआरमा अंशु फातीको ह्यान्ड भएको भन्दै सो गोललाई मान्यता दिइएन ।

इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । इन्टरका डेन्जल डम्फायर्सले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो । तर, भिएआरले त्यसलाई पनि अस्विकृत गरेको थियो ।

समूह ‘सी’ मा इन्टर ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बायर्न म्युनिख भन्दा तीन अंक कम हो । बार्सिलोना भने तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ ।

भिक्टोरिया प्लिजेनले भने खाता खोल्न सकेको छैन । बार्यनले समूह सी मा अपराजित यात्रा कायम राख्ने क्रममा प्लिजेनमाथि ५(० को जित निकाल्यो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ५२ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ