१७ मंसिर २०८०, आइतबार

गीतमार्फत् डेङ्गु सचेतना कार्यक्रम



अर्घाखाँची, १९ असोज ।

‘सुत्नेबेला नगरौं भुल पनि,
सबले घरमा लगाऔं है झुल पनि’

अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ । सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो ।

जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गरेको थियो ।

ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेबेला नगरौँ भुल पनि, सबले घरमा लगाऔँ है झुल पनि’ बोलको गीत प्रस्तुत गरेको थियो । सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेङ्गुु सर्ने कारण, त्यसको लक्षण तथा रोकथामका उपायका बारेमा जानकारी गराएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेङ्गुको सङ्क्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताए ।

सङ्क्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकताअनुसार सङ्क्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले उल्लेख गरे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, विभिन्न कार्यालयका प्रमुख, सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : १२ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र