काठमाडौं, १९ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ । जतमुमोका राष्ट्रिय अध्यक्ष डा। मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो मंगलबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो ।
विभिन्न नौ बुँदे सहमति गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो ।
प्रतिक्रिया