५ आश्विन २०८०, शुक्रबार

आधुनिक घट्टले फेरिएको खुड्खुडीको दैनिकी



सुर्खेत, १९ असोज । 

दैलेखको ठाटीकाँध गाउँपालिका९ ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सितिमिति पालो पाउँदैनन् थिए । दुईदेखि चार घण्टा पालो कुरेपछि मात्रै पिसेर घर फर्किन्थे । बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे ।

तर, अचेल उनको दिन फेरिएका छन् । गहुँ, मकै पिसानी गर्न दुस्खै छैन । गाउँ आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा यो परिवर्तन आएको हो ।  ठाटीकाँध९ ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए ।

बिहान भालेको डाकसँगै उठ्थिन । कुम्लोकुटिरो बोकेर टर्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिँडेर रामघाट खोला पुग्थिन् । सितिमिति घट्ट पिस्ने पालो पाउदैन थियो । घट्टमा भीड हुन्थ्यो ।

अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी  । लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर, अहिले दिन फेरिएका छन् ।

ठाटीकाँध गाउँपालिका-३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण  भएपछि यहाँका एक सय चार घरदुरी लाभान्वित भएका हुन् । अहिले आधा-एक घण्टामै घट्ट पिस्ने सुविधा छ ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ । ठाटीकाँध गाउँपालिका र युएनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एक सय चार घर लाभान्वित भएका हुन्  ।

ठाटीकाँध गाउँपालिका र युएनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । अन्न  पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र  ३० केजी पिसेबापत तीन कुरुवा अन्न  कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : १५ बजे

सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा के छ ?

राजधानी लाइभ, काठमाडौं। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा