१६ मंसिर २०८०, शनिबार

भारतमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, अझै १८ बेपत्ता



नयाँ दिल्ली, १९ असोज ।

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मङ्गलबार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी वेपत्ता भएका थिए । उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो ।

भारी हिमपात र वर्षाका कारण रातिमा खोजी असम्भव भएको थियो । यद्यपि भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेका बताइएको छ । “उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ ।

समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर (१६ हजार फिट)को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ भने पाँच जनाको उत्तरकाशीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी फुटेजमा उद्धार गरिएका धेरै आरोहीहरू शहरमा आइपुगेको र अधिकारीहरूको सुरक्षामा बिना कुनै सहायता हिँडडुल गरिरहेको देखिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गरेका छन् । विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएका थिए ।

धामीले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए । राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउको चिरामा फसेका थिए ।

नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट रहेका छन् । उद्धारकार्यमा सघाउन वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले जानकारी दिए।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : १७ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान