काठमाडौं, २० असोज ।
नेपाली कांग्रेस भित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपराह्न २ बजे देखी बस्ने भएको छ ।
काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन् ।
समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।
प्रतिक्रिया