१९ मंसिर २०८०, मंगलबार

उत्तराखण्डमा बस दुर्घटना, ३३ जनाको मृत्यु



नयाँदिल्ली, २० असोज । 

भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो ।

स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो ।

प्रहरीले मङ्गलार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको थियो । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो । सो दुर्घटनामा घाइते भएकाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परेका २७ जना पुरुष र छ महिलाको शव प्रहरीले भेटेको जनाएको छ । अरु १८ जना अझै पनि घाइतेको उपचार जारी रहेको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : १२ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ