१४ फाल्गुन २०८०, सोमबार

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे जसपा अध्यक्ष उपेन्द्र यादव



काठमाडौं, २० असोज ।

बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेका छन्। बिहीबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो । सत्ता साझेदार दलहरूबीच सिट बाँडफाँटको विषयलाई किचलो भइरहँदा अध्यक्ष ओली र यावदबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

सत्ता गठबन्धनमा बस्दा १६ सिटभन्दा धेरै नपाउने भएपछि जसपा एमालेको सम्पर्कमा पुगेको बताइएको छ । एमालेले २५ सिट दिन तयार भएको जसपाको दाबी छ। जसपा अध्यक्ष यादव र एमालेका अन्य नेताहरूबीच पनि निरन्तर छलफल चलिरहेको छ।

यसबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धन तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा बिहीबार बिहानदेखि बालुवाटारमा बैठक जारी छ। पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन बैठक बसेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ। यसका लागि दुई दिन मात्र बाँकी छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ९ : ५३ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२