१४ आश्विन २०८०, आइतबार

असई यादव मृत फेला



सप्तरी २१ असोज ।

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृत फेला परेका छन् । असई सत्यनारायण यादव सीमावर्ती विहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ ।  शवको टाउकोमा चोट देखिएको छ । आजबाट थप अनुसन्धान थाल्ने उनको भनाइ रहेको छ ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए । उनले नेपाल प्रहरीको अनुसन्धानपछि सत्य तथ्य जानकारीमा आउने बताए । सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : ५० बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास