५ आश्विन २०८०, शुक्रबार

गठबन्धनमा सहमति जुट्यो : कांग्रेस ८८, माओवादी ४७, एकीकृत समाजवादीले १८ सिट पाउने



काठमाडौं, २१ असोज ।

सिट बाँडफाँट बारे सत्तारूढ गठबन्धनमा सहमति जुटेको छ । शुक्रबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सिट बाँडफाँटमा सहमति जुटाएको हो ।

यद्यपि शनिबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने एक नेताले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न छलफल अघि बढाएको थियो।

बैठकबाट कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन पनि टुंगिएको छ। जसअनुसार कांग्रेसले ८८ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने भएका छन्। लोसपाले १५ सिटमा आफ्नो दाबी गरे पनि उसलाई १० सिट छुट्याउन सत्ता गठबन्धन तयार भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : २८ बजे

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक