१५ फाल्गुन २०८०, मंगलबार

चुनावमा पेट्रोल र डिजेलको मूल्य घटाउँदै सरकार



काठमाडौं, २२ असोज । 

सरकारले चुनाव लक्षित गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने योजना बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै पछिल्लो समय नेपालमा समेत भारतबाट मूल्य घटेर आएको छ । सोही बमोजिम नेपाल आयल निगमले मूल्य घटाउने तयारी गरेको स्रोतले बताएको छ ।

भारतबाट पटक पटक तेलको मूल्य घटेर आउँदा समेत नेपालमा मूल्य नघटाएको निगमले चुनाव लागेसँगै मूल्य घटाउने तयारी गरेको हो । यसैगरी भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार निगमलाई मासिक डेढ अर्ब रूपैयाँ नाफा हुने भएको छ ।

यसले निगमलाई डेढ वर्षपछि फेरि नाफामा पुर्‍याएको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँमा कारोबार भइरहेको छ

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ३६ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.