१४ आश्विन २०८०, आइतबार

हिरोले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर भिडा, फुल चार्जमा १६५ किमीसम्म चलाउन सकिने



काठमाडौँ, असोज १२ ।
मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रिक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्रान्ड नेम राखेको थियो ।

कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी १ प्रो भेरियन्टमा आएको स्कुटरको टप स्पिड क्षमता प्रतिघण्टा ८० किलोमिटर रहेको छ ।

एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म गुडाउन सकिने यी स्कुटरको सुरुवाती मूल्य १ लाख ४५ लाख भारु कायम गरिएको छ । कम्पनीका अनुसार यी स्कुटरमा ३.४४ र ३.९४ किलोवाट क्षमताको ब्याट्री प्याक समावेष गरिएको छ ।

भिडा ब्रान्ड नेममा आएका दुवै भेरियन्टका स्कुटर फिचर लोडेड रहेका छन् । यसमा ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू पनि छन् ।

हिरोले ल्याएको यी दुवै भेरियन्टका स्कुटरले फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने किसिमको छ । हिरोको नेपालका लागि आधिकारिक बिक्रेताले यसलाई छिटै नेपाल ल्याउने जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : २१ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम