२३ मंसिर २०८०, शनिबार

सन्तान स्याहार गर्न फिल्मबाट ब्रेक लिँदै रणवीर कपुर 



मुम्बई, २३ असोज ।

फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपुर चाँडै पिता बन्दैछन् । हालैमात्र परिवार र केही नजिकका साथीमाझ रणवीरकी अभिनेत्री पत्नी आलिया भट्टको ‘गोद भराई’ गरिएको छ । रणवीरको हातमा फिल्मको लामै सूची छ । तर, पनि उनी केही समयका लागि फिल्मी व्यस्तताबाट अलग्गिने भएका छन् ।

चाँडै पिता बन्न लागेपछि रणवीर सन्तानको जन्म समय सन्तानसँग बस्नका लागि केही समयसम्म फिल्मबाट ब्रेक लिन चाहन्छन् । अर्थात् सन्तान स्याहार गर्न उनी ‘पितृत्व अवकाश’ लिँदैछन् । यसका लागि उनले अहिलेसम्म कुनै पनि फिल्ममा हस्ताक्षर गरेका छैनन् । सन्तानको जन्मपछि आमा आलिया काममा फर्किने भएकाले रणवीर अधिकांश समय सन्तानसँगै बिताउन चाहन्छन् ।

‘रणवीर पिता बनेपछि पेटरनिटी ब्रेक लिन चाहन्छन् । उनी पिता बन्नका लागि निकै उत्साहित छन् । उनले आलियालाई सन्तान जन्मिएपछि काममा फर्कन आग्रह गर्दै आफूले सन्तानको हेरविचार गर्ने सुझाव दिएका छन्,’ आलिया र रणवीरका नजिकका एक साथीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

आलिया करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’ को रोकिएको काम पुरा गर्नेछिन् । त्यसपछि उनी सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ तिर लाग्नेछिन् । यता रणवीर सन्दीप रेड्डी बंगाको फिल्म ‘एनिमल’ को काम तीव्र रूपमा पुरा गर्ने दौडधुपमा छन् । उनले अहिलेसम्म अन्य कुनै पनि प्रोजेक्ट स्वीकारेका छैनन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ०५ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले