१५ फाल्गुन २०८०, मंगलबार

शिक्षामन्त्री पौडेलले दिए बागलुङ-२ मा उम्मेदवारी



ढोरपाटन, २३ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतले पछि पारेर विजयी भएका थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले एक हजार नौ सय पाँच मत ल्याएका थिए ।

अघिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री पौडेल यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।यस क्षेत्रको प्रदेश क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ३७ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.