२३ मंसिर २०८०, शनिबार

काठमाडौं-१ बाट विवेकशील साझाका शंकर बन्जाडेले गराए उम्मेदवारी दर्ता



काठमाडौं, २३ असोज ।

काठमाडौं क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रविरूद्ध विवेकशील साझाका शंकर बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन् । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अभियन्ता तथा उद्यमी समेत रहेका बन्जाडेले काठमाडौं क्षेत्र नम्बर १ बाट दर्ता दर्ता गराएका हुन् ।

आइतबार काठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय पुगेर बन्जाडेले उम्मेदवारी दर्ता गराए। लामो समय अन्तर्राष्ट्रिय नेपाली राष्ट्रिय टोपी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गरेका बन्जाडे सफल युवा उद्यमीका परिचित छन् ।

भ्रष्टाचार विरोधी अभियानमा सक्रिय बन्जाडेले राजनीति शास्त्र र वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरूको हस्तक्षेप अत्यावश्यक भएको भन्दै वैकल्पिक राजनीतिमा जोडिएको बताउँछन् ।

काठमाडौं १ बाट नै विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । नेता सिंहलाई सत्ता गठबन्धनको समर्थन छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ०७ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले