१४ फाल्गुन २०८०, सोमबार

७० हजार फर्छ्यौट नहुँदा काठमाडौं–२ का एमाले उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी



काठमाडौं, २४ असोज ।

काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकाको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रूपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिए पनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो।

उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयाँलले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको थियो।

काठमाडौँ २ की निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार उजुरी उपर भोलिसम्म छानबिन गरेर निर्णय लिइनेछ । ‘उहाँले यसअघि नै बेरुजु फर्छ्यौट गरेको निस्सा ल्याउनुभयो भने उजुरी खारेज हुन्छ, अन्यथा उम्मेदवारीबारे कानुन बमोजिम निर्णय गर्छौ।’

निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवार हुनु अघि कुनै पनि व्यक्तिले बेरुजु भए त्यसको फर्छ्यौट गर्नु पर्ने उल्लेख गरेको छ। फर्छ्यौट नगरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ तथा आचार संहिताको दफा ४६ बमोजिम उम्मेदवारी नै खारेज हुने कानुनी व्यवस्था रहेको विषयलाई पनि उजुरीकर्ताले स्मरण गराएका छन् ।

श्रेष्ठले शंखरापुर नगरपालिकाको प्रमुख रहँदा आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रण गर्ने नाममा ७० हजार ६१८ रुपैयाँ भत्ता लिएको महालेखाको वार्षिक प्रतिवेदनमा औँल्याइएको उजुरीमा उल्लेख छ। उक्त भत्ता बागमती प्रदेश सरकारद्वारा जारी गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ विपरीत रहेको भन्दै उजुरी परेको हो। काठमाडौँ २ मा यो बाहेक अरू कुनै पनि उजुरी परेको छैन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ३६ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२