१९ मंसिर २०८०, मंगलबार

सुदूरपश्चिमको ठूलो दल एकीकृत समाजवादीलाई दुई सीट मात्र !



धनगढी, २५ असोज ।

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत समाजवादीले गठबन्धनबाट दुईटा मात्र सीट पाएको छ ।

यहाँका नौ जिल्लामा गरी प्रदेश सभामा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा ठूला दल हुँदा पनि एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेश सभामा कैलाली क्षेत्र नम्बर ४(२) र कैलाली क्षेत्र नम्बर ३ (२) मा मात्रै भाग परेको छ ।

सत्ता गठबन्धनका दलहरूबीच सहमतिअनुसार कैलाली ४ (२) मा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र कैलाली क्षेत्र नम्बर ३ (२) मा निवर्तमान अर्थराज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित भएपछि गठबन्धनमा समस्या भएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ०६ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ